ghosanapatra
रन्जु दर्शनाको सपनापत्र/घोषणापत्र सार्वजनिक

नमस्कार मिडियाकर्मी जयू,

मङ्सिर ४ गते हुने संघीय निर्वाचनको लागि प्रतिनिधि सभा उम्मेदवार (स्वतन्त्र) काठमाडौँ क्षेत्र नं. ५ कि रन्जु दर्शनाको सपनापत्र/घोषणापत्र सार्वजनिक।

आउने मङ्सिर ४ मा हुन गइरहेको संघीय तहको निर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेदवारको रूपमा रन्जु दर्शनाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेकि छिन् । २०७४ सालको निर्वाचनमा काठमाडौँ महानगरको प्रमुख पदकि उम्मेदवार बनेकि उनले  २३ हजार भन्दा बढि मत प्राप्त गर्न सफल भएकि थिइनन् । २०७८ साल पौष महिनामा विवेकशील साझा पार्टि बाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकि रन्जुले केहि समय आफ्नो राजनीतिक यात्रा स्वतन्त्र रूपले अघि बढाउने घोषणा गरेकि थिइनन् । फल स्वरूप संघीय निर्वाचनमा उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरी “सेलरोटीको चाङ्” चुनाब चिन्ह समेत पाएकी छिन ् ।
चुनाब चिन्ह प्राप्त गरिसकेपछि २९ गते शनिबार स्थानिय बासिन्दा, परिवार, साथी, शुभचिन्तकहरूको राम्रो उपस्थितिमा उनले आफ्नो निर्वाचन केन्द्रित सपनापत्र सार्वजनिक गरेकि हुन् । कार्यक्रमको प्रमुख अतिथि नेपालको वरिष्ठ कलाकार एवम पहिलो अभिनेतृ भुवन चन्द थिइन् भने अन्य दुई अतिथि रन्जु दर्शना कि आमा रमला न्यौपाने (गौतम) र सासु आमा बिजया कुईकेल हुनुहुन्थ्यो । दर्शनाले घोषणापत्रका प्रमुख कुराहरू बारे व्याख्या गरे पश्चात प्रमुख अतिथि भुवन चन्दले रन्जुको बाल्यकाल स्मरण गर्दै उनले टोलमा सानै देखि अगुवाको भूमिका खेल्ने गरेको कुरा सम्झिइन् र घोषणा पत्रमा सरल कुराहरू प्रस्तुत गरेको भन्दै आफ्नो तर्फ बाट भएसम्मको सहयोग र भोट अपिल गर्ने कुरा समेत जिकिर गरिन् । कार्यक्रममा रन्जुकि सासुले आफ्नो बुहारीलाई अघि बढाउन आफुले सकेको जति सबै काम गर्ने भनि स्टेज बाटै छोटो मिठो बोल्नुभयो । 
करीब डेढ सय जनाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा युवा पुस्ताको बाक्लो उपस्थिति रहेको थियो भने स्थानिय अग्रज व्यक्तिहरू समेत उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रम मै स्वत स्फूर्त रूपमा आर्थिक सहयोग पनि जम्मा भएको छ । रन्जु दर्शनाको घोषणापत्रमा मानसिक स्वास्थय, स्टार्ट अप नीति, कर प्रणाली, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, सार्वजनिक प्रशासनिक सेवाको पुन:संरचना, मुखबीर नीति, बायोपाईरेसि लगायत अन्य मुद्दाहरू समाहित छन् ।
घोषणापत्रमा काठमाडौँ क्षेत्र नं. ५ केन्द्रित ऐजेण्डा र समग्र देश र नागरिक केन्द्रित ऐजेण्डा भनेर छुट्टै लेखिएको छ । यसै साथ दर्शनाले आफ्नो व्यक्तिगत प्रतिबद्धता समेत प्रस्तुत गरेकि छिन ।

घोषणापत्र