Brief Manifesto Ranju Darshana

नमस्कार मिडियाकर्मी जयू,

मङ्सिर ४ गते हुने संघीय निर्वाचनको लागि प्रतिनिधि सभा उम्मेदवार (स्वतन्त्र) काठमाडौँ क्षेत्र नं. ५ कि रन्जु दर्शनाको सपनापत्र/घोषणापत्र सार्वजनिक गरेको विषय बारे समाचार सम्परेषण गरिदिन हुन अनुरोध गर्दछु ।

आउने मङ्सिर ४ मा हुन गइरहेको संघीय तहको निर्वाचनमा प्रतिनिधि सभा सदस्य उम्मेदवारको रूपमा रन्जु दर्शनाले आफ्नो उम्मेदवारी दर्ता गराइसकेकि छिन् । २०७४ सालको निर्वाचनमा काठमाडौँ महानगरको प्रमुख पदकि उम्मेदवार बनेकि उनले  २३ हजार भन्दा बढि मत प्राप्त गर्न सफल भएकि थिइनन् । २०७८ साल पौष महिनामा विवेकशील साझा पार्टि बाट साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएकि रन्जुले केहि समय आफ्नो राजनीतिक यात्रा स्वतन्त्र रूपले अघि बढाउने घोषणा गरेकि थिइनन् । फल स्वरूप संघीय निर्वाचनमा उनले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गरी “सेलरोटीको चाङ्” चुनाब चिन्ह समेत पाएकी छिन ् ।


चुनाब चिन्ह प्राप्त गरिसकेपछि २९ गते शनिबार स्थानिय बासिन्दा, परिवार, साथी, शुभचिन्तकहरूको राम्रो उपस्थितिमा उनले आफ्नो निर्वाचन केन्द्रित सपनापत्र सार्वजनिक गरेकि हुन् । कार्यक्रमको प्रमुख अतिथि नेपालको वरिष्ठ कलाकार एवम पहिलो अभिनेतृ भुवन चन्द थिइन् भने अन्य दुई अतिथि रन्जु दर्शना कि आमा रमला न्यौपाने (गौतम) र सासु आमा बिजया कुईकेल हुनुहुन्थ्यो । दर्शनाले घोषणापत्रका प्रमुख कुराहरू बारे व्याख्या गरे पश्चात प्रमुख अतिथि भुवन चन्दले रन्जुको बाल्यकाल स्मरण गर्दै उनले टोलमा सानै देखि अगुवाको भूमिका खेल्ने गरेको कुरा सम्झिइन् र घोषणा पत्रमा सरल कुराहरू प्रस्तुत गरेको भन्दै आफ्नो तर्फ बाट भएसम्मको सहयोग र भोट अपिल गर्ने कुरा समेत जिकिर गरिन् । कार्यक्रममा रन्जुकि सासुले आफ्नो बुहारीलाई अघि बढाउन आफुले सकेको जति सबै काम गर्ने भनि स्टेज बाटै छोटो मिठो बोल्नुभयो । 


करीब डेढ सय जनाको उपस्थितिमा सम्पन्न भएको कार्यक्रममा युवा पुस्ताको बाक्लो उपस्थिति रहेको थियो भने स्थानिय अग्रज व्यक्तिहरू समेत उपस्थित हुनुहुन्थ्यो । उक्त कार्यक्रम मै स्वत स्फूर्त रूपमा आर्थिक सहयोग पनि जम्मा भएको छ । रन्जु दर्शनाको घोषणापत्रमा मानसिक स्वास्थय, स्टार्ट अप नीति, कर प्रणाली, यौनिक तथा लैङ्गिक अल्पसंख्यक, सार्वजनिक प्रशासनिक सेवाको पुन:संरचना, मुखबीर नीति, बायोपाईरेसि लगायत अन्य मुद्दाहरू समाहित छन् ।


घोषणापत्रमा काठमाडौँ क्षेत्र नं. ५ केन्द्रित ऐजेण्डा र समग्र देश र नागरिक केन्द्रित ऐजेण्डा भनेर छुट्टै लेखिएको छ । यसै साथ दर्शनाले आफ्नो व्यक्तिगत प्रतिबद्धता समेत प्रस्तुत गरेकि छिन ।

 

Campaign and Programs

Monday For Mental Health Online Session 11th April

I Organize Monday for Mental Health Closed group session on every Monday for people seeking for peer support and contact […]

View Details
ghosanapatra
रन्जु दर्शनाको सपनापत्र/घोषणापत्र सार्वजनिक

नमस्कार मिडियाकर्मी जयू, मङ्सिर ४ गते हुने संघीय निर्वाचनको लागि प्रतिनिधि सभा उम्मेदवार (स्वतन्त्र) काठमाडौँ क्षेत्र नं. ५ कि रन्जु […]

View Details
रञ्जु दर्शनाको चुनाव चिह्न सेल रोटी
रञ्जु दर्शनाको चुनाव चिह्न सेल रोटी

काठमाडौं–५ बाट स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले सेल रोटी चुनाव चिह्न पाएकी छन्।  २०७४ सालको स्थानीय तह निर्वाचनमा विवेकशील नेपाली […]

View Details