मेरो नाम रन्जु न्यौपाने (रन्जु दर्शना) हो। म हाल २६ वर्ष कि भएँ। म २०५२ साल ११ महिना २० गते आमा रमला न्यौपाने (गौतम) को कोख बाट टिचिङ अस्पताल महाराजगन्जमा जन्मिएकी हुँ। मैले प्राथमिक तह सम्मको पढाई टोखा रोडमा पर्ने निर्मल बाटिका स्कुल बाट गरेँ भने त्यसपछि कक्षा १० सम्म भानुभक्त मेमोरियल स्कुल, पानिपोखरीमा पढेँ र यहीँ बाट एस.एल.सि उत्तीर्ण भएँ। ११ र १२ भने महाराजगन्ज स्थित हेराल्ड कलेज बाट पास गरेँ र स्नातक (Bachelor’s Degree) पहिले बालुवाटारमा रहेको काठमाडौँ विश्व विद्यालय अन्तरगतको नेशनल कलेजबाट विकास अध्ययन (Development Studies) विषयमा उत्तीर्ण गरेँ। व्यावसायिक रूपमा मैले विभिन्न निजी तथा बहुराष्ट्रिय कम्पनीहरूमा काम गर्ने पनि अवसर प्राप्त गरेँ। मेरो पछिल्लो काम माई सेकेन्ड टिचर भन्ने कम्पनीमा सामाजिक शिक्षा विषय विज्ञको रूपमा थियो। त्यस भन्दा अघि म अन्य कम्पनीहरूको विकास र प्रवर्धनमा कन्सल्टेन्ट भएर पनि काम गरेकी छु। यस सँगै आफ्नी आमा सँग मिलेर सेलरोटी बनाउने सिपलाई उद्यम र व्यवसायमा परिणत गर्ने जमर्को समेत गरेँ। मैले विगत ३ वर्ष देखि निरन्तर मानसिक स्वास्थ्यको जनचेतना, प्रबर्धन र आवश्यकता बारे काम गर्दै आएको छु। व्यक्तिगत जीवन, अध्ययन र राजनीतिलाई सँगसँगै लाने मेरो यो अभिप्राय राजनीतिलाई पेसा बनाउन हुँदैन भन्ने सिद्धान्त बाट निर्देशित छ। राजनीतिक सिकाई र व्यक्तिगत विकासका निमित्त मैले अमेरिका, फ्रान्स, सिंगापुर, इन्डोनेसिया, क्यामबोडिया, थाइल्यान्ड, भारत लगायतका देशमा आयोजना भएका विभिन्न सम्मेलन र बैठकमा सहभागी भई अनुभव बटुलेको छु। यी अध्ययन भ्रमण बाट मैले नेपालमा गर्न सकिने धेरै कुराहरू र गर्न नहुने कुराहरू बारे सिक्ने अवसर प्राप्त गरेको छु।
I was born in Kathmandu to a single mother who used to do minor tailoring and look after kids. I was admitted to a small school at Dhapasi which was known by the name Nirmal Batika English Medium School where I completed primary education. Later, I was admitted to Bhanubhakta Memorial Higher Secondary School at Panipokhari from where I cleared the School Leaving Certificate (SLC) examination. My mother worked two shifts looking after infants and also doing minor tailoring jobs to make ends meet and provide education for me. However, every social institution seeked for my absent father’s identity who had abandoned me even before my birth. I found this idea really unfair to my single mother and many like her. This began when schools refused to provide an identity card, Fee invoice with mother’s name which later continued to the time of receiving Citizenship in the name of mother too. To support my mother, I started working professionally as a Tele-Marketer in a private company right after SLC.
Independent Candidacy from Kathmandu 5 for the position of House of Representatives Member
Got Married with Kishu Kuikel
Started making team for study in Kathmandu Constituency 5
Resigned from Bibeksheel Sajha Party
Social Studies Expert at My Second Teacher
Joined Padmakanya Campus for Masters in Political Science
Brand Development Consultant at Genese Solution Pvt Limited
Started Monday for Mental Health initiation
Graduated from National College, KU
First Vipassana Course
Started home-grown SELROTI business with Mummy
Candidate for Kathmandu Metropolitan City Mayor in Election-2017
Elected Central Committee Member of Bibeksheel Nepali Dal
Earthquake Rapid Response Team Member, Kathmandu district Relief Coordinator, Later spokesperson
Admitted in National College to study Bachelors in Development Studies
Joined “Nepal Khulla Cha” campaign and took Membership of Bibeksheel Nepali Dal
Completed +2 in Humanities From Herald College
Completed SLC From Bhanubhakta Memorial Higher Secondary School
Started Working as Tele-Marketer in a private company