
मातृत्व केवल सन्तान जन्माउने जिम्मेवारी मात्र होइन यो सहनशीलता करुणा दूरदर्शिता र निरन्तर संघर्षको प्रतीक हो। यही मातृत्वको चेतनाले जब राजनीतिसँग हातेमालो गर्छ तब नेतृत्वमा मानवीयता इमानदारी र उत्तरदायित्व स्वतः प्रवेश गर्छ। रञ्जु दर्शना त्यही सोचको प्रतिनिधित्व हो—जहाँ राजनीति सत्ताको खेल होइन सेवाको माध्यम बन्छ।